Logo

Banner-news

लक्ष्मी बैंकले दोहा बैंकबाट ल्यायो २ अर्ब ४४ करोड


GDP Nepal
   ७ असार २०७७, आइतबार


काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ । यो रकम आइतबारको विनिमय दरअनुसार २ अर्ब ४४ करोड रुपैयाँ बराबर हुनेछ ।

गत वैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।

प्रकाशित : ७ असार २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह