Logo

Banner-news

भारतपछि नेपालमा पनि फेयर एण्ड लभ्लीबाट ‘फेयर’ हटाइने, नयाँ नाम के होला ?


GDP Nepal
   १४ असार २०७७, आइतबार


काठमाडौं । युनिलिभर नेपाल लि. (यूएनएल)ले आफ्नो परिचित ब्राण्ड फेयर एण्ड लभ्लीलाई नयाँ ब्रान्डसँगै अगाडि बढाउने भएको छ ।

ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने लक्ष्यका साथकम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ ।

‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्राण्ड नाम आवश्यक कानूनी प्रक्रियाहरु पूरा भएपछि सार्वजनिक गरिने जनाइएको छ ।

विगतका दशकमा फेयर एण्ड लभ्ली ब्राण्डले आफ्ना विज्ञापनहरुद्वारा महिला सशक्तीकरणको पक्षमाआवाज उठाउँदै आएको जनाएको छ । सन् २०१९ को शुरुवातबाट नै ब्राण्डले आफ्नो सञ्चारलार्इ त्वचाको सुन्दरता, गोरोपना र चम्किलोपना लगायतका विषयको सट्टग्लो, सफा त्वचालगायतका स्वस्थ त्वचाको उचित मापदण्डहरुतर्फ केन्द्रित गरेको छ ।

गोरोपनलाई सौन्दर्यसँग दाँज्ने गरी गरिएको दुई मुहारको तुलनात्मक रुपान्तरण लगायत गोरोपनसम्बन्धी निर्देशनहरु रहेका फेयर एण्ड लभ्लीको प्याकेजिङ्गहरु तथा दृश्यावलीहरु समेत युएनएलले हटाउने निर्णय गरेको छ । त्वचाको चमक र व्यक्तिको उपलब्धि, तथा सम्भाव्यताबीच कुनै सम्बद्धता नहुने तथ्यलाई युएनएलले समर्थन गर्दछ ।

युनिलिभर दक्षिण एशियाका अध्यक्ष सञ्जिव मेहताले भने– हामीले हाम्रा त्वचा स्याहार सम्बन्धीउत्पादनको पोर्टफोलियोलाई अझ समावेशी बनाइरहेका छौं र सुन्दरताको विविधतापूर्ण चित्रणको उत्सवलाई नेतृत्व गर्न चाहन्छौं । सन् २०१९ मा हामीले फेयर एण्ड लभ्लीको प्याकेजिङ्गबाट गोरोपन सम्बन्धी निर्देशहरुका साथसाथै दुई मुहारको तुलनात्मक रुपान्तरण सम्बन्धीत रचनाहरुलाई हटायौं र ब्राण्डको सञ्चारलाई गोरोपनबाट, ग्लोजुन स्वस्थत्वचाको उचिततथा समावेशी मापदण्ड हो त्यसतर्फ मोड्यौ ।


मेहताले अगाडि भनेका छन्– अब हामी हाम्रो ‘फेयर एण्ड लभ्ली’ ब्राण्ड नामबाट ‘फेयर‘शब्दलाई हटाउने समेत घोषणा गर्दछौं । नयाँनामले कानूनीमान्यताप्राप्त गर्ने प्रक्रियामा छ र परिवर्तित नामसहितको प्याकअबको केहीमहिनामै बजारमा उपलब्धहुनेछ ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह