Logo

अर्थनीति

महासंघमा अञ्जन श्रेष्ठ समूह बहुमततर्फः बस्तुगतमा भने चुक्यो !


gdpnepal
   २३ बैशाख २०८३, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम जारी रहँदा भावी अध्यक्ष अञ्जन श्रेष्ठले अघि सारेको समूह बलियो देखिएको छ ।

श्रेष्ठले बिहीबारदेखि महासंघ नेतृत्व सम्हाल्दै छन् ।

श्रेष्ठ समूहबाट हालसम्म जिल्लानगरतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ भारी बहुमतसहित निर्वाचित भइसकेका छन् ।

शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरे ।

जिल्ला नगर समूह तथा प्रदेश समूहबाट अधिकांश कार्यकारिणी समिति सदस्य पनि सोही समूहबाट निर्वाचित भएका छन् ।

यो समूहबाट खुलातर्फ प्रयास कार्की (१११), अर्जुन कुमार श्रेष्ठ (११०), कृष्ण कटुवाल (१०५), छ्त्रधर आत्रेय (१०४), लक्ष्मण राज पौडेल (१०४), मोहन प्रसाद श्रेष्ठ (१०२) सन्तोष खड्का (१०२), दिपक नेपाल (१००), केशव प्रसाद भन्डारी (९८), गोकुल श्रेष्ठ (९७), हरि प्रसाद अर्याल (९२), तारा बहादुर कार्की (९०), शंकर गिरी (८६), उज्ज्वल प्रसाद कसजु (८२ र सुदर्शन कार्की (८१) मतसहित विजयी भए ।

हाल गणना भइरहेको एशोसिएट समूहमा पनि अञ्जन श्रेष्ठ समूहका सदस्यहरु नै अगाडि रहेका छन् । यो समूहबाट उपाध्यक्षमा प्रबलजंग पाण्डेले उम्मेदवारी दिएका छन् ।

बस्तुगत समूहमा भने धक्का
अञ्जन श्रेष्ठ समूहले बस्तुगत समूहमा भने धक्का बेहोरेको छ । सो समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका शिवप्रसाद घिमिरे पराजीत भएका छन् ।

घिमिरेले ६० मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी नरेशलाल श्रेष्ठ ६३ मत प्राप्त गरी विजयी भए ।

सदस्यतर्फ पनि दुवै समूह बराबरी देखिएको छ । यो समूहबाट पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, लिलेन्द्र प्रधान, सागर ढकालले निर्वाचन जितेका छन् ।

घिमिरे समूहबाट अरनिको राजभण्डारी, नानीराज घिमिरे, रविन पुरी, राजकुमार कार्की, संघर्ष विष्ट र होमप्रसाद घिमिरे विजयी भएका छन् ।

१२ सदस्यीय बस्तुगत संघ सदस्यहरुमा २ जनाभने गोलाप्रथाबाट निर्वाचित हुनेछन् । निराजन चलाउने, रघुनन्दन मारु, सुरज बन्जाडे र विप्लब अधिकारीको समान ५० मत आएपछि दुई सदस्य पदका लागि गोलाप्रथा हुने भएको हो ।

समान मत आएका चार उम्मेदवारमध्ये मारु घिमिरे समूहका हुन् भने चलाउने, बन्जाडे, अधिकारी श्रेष्ठ समूहका हुन् ।

बस्तुगत महासंघतर्फ दुवै प्यानलबाट एक एक जना सदस्य निर्वाचित भएका छन् । जसमा सुनैना घिमिरे श्रेष्ठ प्यानलबाट तथा विश्वनाथ खनाल घिमिरे प्यानलबाट निर्वाचित भएका हुन् ।

 

प्रकाशित : २३ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह