Logo

Banner-news

विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ आइएलओबाट ५ करोड, एनआरएनले खर्च गर्ने


GDP Nepal
   २१ असार २०७७, आइतबार


काठमाडाौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ सँग लड्नका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर अर्थात ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।

आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ ।

एनआरएनको अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि उक्त सम्झौता भएको भन्दै गैरआवसीय नेपाली उत्साहित र हर्षित रहेको बताएका छन् । “सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रुपमा लिएका छौँ”, उनले भने ।

आइएलओले विशेषगरी कोभिड–१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ उक्त आर्थिक सहयोग गरेको हो । कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा उक्त रकम खर्चिने अध्यक्ष पन्तले जानकारी दिए ।

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारीसमेत गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मश दिने पनि सङ्घको तयारी छ । आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको छ ।

प्रकाशित : २१ असार २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह