Logo

Banner-news

अमेरिका र ब्राजिलपछि सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा, नेपालमा कस्तो चुनौती ?


GDP Nepal
   २२ असार २०७७, सोमबार


नयाँदिल्ली । कोरोना संक्रमण निकै पछि देखिएको भारतमा संक्रमितहरुको संख्या भने डढेलोजसरी तीब्र गतिमा फैलिएको छ । संक्रमितको संख्याका आधारमा भारतमा तेस्रो धेरै संक्रमित रहेका छन् ।

हाल अमेरिकामा २९ लाख ८२ हजार र ब्राजिलमा १६ लाख ४ हजारलाई कोरोना संक्रमण भइसकेको छ भने तेस्रो स्थानमा रहेको भारतमा कुल संक्रमित संख्या ६ लाख ९७ हजार रहेको छ ।

संक्रमित संख्याका आधारमा भारत तेस्रो स्थानमा पुग्दा रुस चौथो स्थानमा झरेको छ । रुसमा हालसम्म ६ लाख ८१ हजार संक्रमित छन् भने यसपछि क्रमशः पेरु, स्पेन, चिलीलगायतका मुलुकमा संक्रमण भयावह छ ।

भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ संक्रमितको सख्या लगातार बढेको थियो । हाल सबभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ ।

भारतमा आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए । भारतभरिमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ हजार पुगेको छ ।

भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ । त्यहाँ कुल संक्रमितको सङ्ख्या दुई लाख नाघेको छ भने दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन् ।

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि चुनौती थपिएको छ । भारतमा अझै पनि ठूलो संख्या नेपाली रहेको र उनीहरु स्वदेश फर्किन चाहने भएकाले नेपालमा जोखिम अझै कम नभइसकेको बताइन्छ ।

 

प्रकाशित : २२ असार २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह