Logo

बिजनेस होम

राप्रपा समर्थित श्रमिकको माइतीघरमा विरोध प्रदर्शन, १० बुँदे माग !


GDP Nepal
   २६ असार २०७७, शुक्रबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले विभिन्न १० बुँदे माग राखेर राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

मागमा क्वारेन्टीनलाई व्यवस्थित गर्नुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने माग राखिएको छ । यस्तै, कोरोनाको नाममा भ्रष्टाचार बन्द गर्नुपर्ने, किसानलाई रासायनिक मल, विउ उपलब्ध गराउनुपर्ने तथा सबै श्रमिकहरुको रोजगारीे सुनिश्चित गरिनुपर्ने टुकोनको माग छ ।

टुकोनले लकडाउन अवधिको पारिश्रमिक कटौती नगर्न माग गर्दै श्रमिकहरुलाई कार्यास्थलमा सुरक्षाको प्रवन्ध गर्नुपर्ने, स्वरोजगार श्रमिकहरुको जिविकोपार्जनको प्रत्याभूति गरिनुपर्ने, प्रवासी श्रमिकहरुको व्यवस्थापन गरिनुपर्ने लगायतका माग राखि बबरमहलबाट सुरु भएको ¥याली माइतिघर पुगेर धर्नामा परिणत भएको थियो ।

एक घण्टे धर्ना कार्यक्रमलाई समापन गर्ने क्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले कोरोना महामारीको विषम परिस्थितीमा राज्यले श्रमिक वर्गको समस्यालाई नजरअन्दाज गरेकोले लकडाउनको अवस्थामा मर्कामा परेका सम्पूर्ण क्षेत्रका श्रमिक वर्गलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।

श्रमिकहरुको रगत पसिनाले आर्जेको आर्थिक रेमीटेन्समा निर्भर रहेको नेपालले नेपाली श्रमिकहरुलाई नै अप्ठ्यारो परेको अवस्थामा उचित व्यवस्थापन नगर्ने हो भने भोली जटिल परिस्थिती उत्पन्न हुने चेतावनी दिदै अध्यक्ष भण्डारीले कोरोनाको नाममा भ्रष्टाचार नगर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको विषय र मर्कामा परेका श्रमिकहरुको उचित व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षण गर्न टुकोन धर्नामा उत्रनुपरेको उनको भनाइ छ ।

सो कार्यक्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय पदाधिकारी तथा सदस्यहरु लगायत पेशागत श्रमिकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह