काठमाडौं । मुलुकमा सञ्चालित ६ वटा सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा ७ करोड ४० लाख रुपैयाँ कर छली गरेको पाइएको छ । सिमेन्ट उद्योगले कच्चा पदार्थबाट शतप्रतिशत उत्पादन गर्ने भए पनि यी उद्योगले भने कम उत्पादन देखाइ कर छली गरेको पाइएको हो ।
महालेखाका अनुुसार यी ६ सिमेन्ट उद्योगले ५० करोड९० लाख ८६ हजार रुपैयाँ बराबरको उत्पादनको बिक्रीको हिसाब नै देखाएका छ्रनन् । यसमा छानबिन गर्नुपर्ने महालेखाले जनाएको छ ।
यी उद्योग ठूला करदाता कार्यालयको कार्यक्षेत्र अन्तर्गतका हुन् । उद्योगले ३८ हजार ८९५ टन सिमेन्ट कम उत्पादन देखाएर कर छली गरेको महालेखाको भनाइ छ ।
महालेखाले ५७ औं प्रतिवेदनमा सरकारी दुवै उद्योगले शतप्रतिशत उत्पादन गरेको र निजी उद्योग समेतले गरेको अवस्थामा यी ६ उद्योगको कम उत्पादनका सम्बन्धमा छानबिन हुनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया