Logo

कर्पोरेट-बजार

आइएमईले मनायो १८ औं वार्षिकोत्सव


appharu
   २९ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । नेपालकको पहिलो रेमिट्यान्स कम्पनी आइएमई १७ औं वर्ष पूरा गरेर १८ औं वर्षमा प्रवेश गरेको छ ।

स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मुख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जनाएको छ ।

‘१८औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ समूहले यसपटकको वार्षिकोत्सव मनाएको हो । १८औं वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यायवाची नामलाई कायम राखिराखेको छ ।

आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’ मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल भएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ ।

१८औं वर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाएको जनाएको छ । १८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । यस्तै, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रकाशित : २९ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह