Logo

Banner-news

मुलुकमा अघोषित लकडाउन सुरु, सरकारी कार्यालयको सेवादेखि सवारी पाससम्म बन्द !


GDP Nepal
   २९ श्रावण २०७७, बिहिबार


काठमाडौं । सरकारले पुनः लकडाउन नगर्ने प्रतिवद्धता जनाए पनि अघोषित लकडाउन भने सुरु गरेको छ । सरकारी सेवा प्रवाहका मालपोत, उद्योग, यातायात, महानगरलगायतका क्षेत्र बन्द गरिसकेको सरकारले निजी उद्योग व्यवसाय नै प्रभावित पार्नेगरी सवारी पाससम्बन्धी निर्णय गरेको छ ।

गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

गृहको यस्तो परिपत्रले उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित हुनेछन् । यसलाई उनीहरुले अघोषित लकडाउनको संज्ञा दिएका हुन् । बागमती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिनेश श्रेष्ठ भन्छन् ः पास वितरण बन्द भएपछि मानिसको आवतजावत नभए व्यापार हुँदैन, पसल खुल्ला हुन्छ तर ग्राहक हुँदैनन् ।

श्रेष्ठका अनुसार अहिले नै उत्पादन र मौज्दात छ तर बिक्री भने छैन । आफूहरुको खर्च भइरहेको तर कारोबारमा ठूलो गिरावटले आय छैन । ‘कतिन्जेल थेग्नु । ऋण लिएर ऋण तिर्ने । कतिन्जेलसम्म सकिने हो ? सबै समस्या को भारी बोक्ने निजि क्षेत्र मात्रै । अनि फेरि सबै को आखाको धुलो पनि किन निजी क्षेत्र मात्रै ?’ श्रेष्ठको प्रश्न छ ।

यता, कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको गृहको भनाइ छ ।

“हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह