Logo

बिजनेस होम

पर्यटनमन्त्री रवीन्द्र अधिकारीद्वारा नीतिगत भ्रष्टाचार, नेकपाकै सांसदहरु क्रुद्ध


appharu
   १ असार २०७५, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु पर्यटनमन्त्री रवीन्द्र अधिकारीमाथि बिहीबार संसदमा अप्रत्यासित रुपमा खनिए ।

संसदमा सत्तारुढ सांसदहरुले नै सरकारको त्यति ठूलो विरोध सामान्यतया गर्दैनन् तर बिहीबारको दृश्य बेग्लै थियो । संसदमा एकपछि अर्को गरी नेकपाका सांसदहरु संष्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीमाथि खनिइरहँदा स्थिति बेग्लै बन्यो ।


प्रतिनिधि सभामा पर्यटन मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुँदा मन्त्री अधिकारीलाई कतिपय सांसदले आफ्नो जिल्लामा मात्र बजेट पारेको भन्दै आलोचना गर्नुलाई स्वभाविकै मानिए पनि आफ्नै जिल्लाका सांसद खगराज अधिकारीले समेत मन्त्री अधिकारीमाथि व्यंग्य गरे ।

खगराज अधिकारीले अघिल्लो साता पनि मन्त्री अधिकारीको भूमिका शंकास्पद रहेको भन्दै संसदमा आवाज उठाएका थिए । बिहीबार भने प्रेमबहादुर आले, मोहन बानियाँ, गोपालबहादुर बमलगायतका सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामै किटेर उनीमाथि कमिसनमुखी बनेको आरोप लगाए ।

डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले त पर्यटनमन्त्री अधिकारीमाथि कमिशन खानकै लागि डोल्पा जिल्लामा ४४ वटा योजना राखेको आरोप लगाए । निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका सांसद आलेले पर्यटनमन्त्री अधिकारीमाथि अर्थ मन्त्रीमाथि दोष देखाएर उम्किन खोजेको आरोप लगाए ।

“डोटी जिल्लामा एउटै योजना नपारी कास्की जिल्लामामात्र २४ वटा योजना राख्दा लाज लाग्दैन ?” भनेर उनले प्रश्नसमेत गरे ।
मुगुका सांसदद्वय गोपालबहादुर बम र मोहन बानियाँले राराजस्तो पर्यटकीय गन्तव्यलाई बजेटमा पूरै उपेक्षा गरिएको भन्दै पर्यटनमन्त्री अधिकारीको आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशवासीका नाममा सम्बोधन गर्दा हर्षित भएका मुगुवासी बजेटपछि निराश बनेको बताए ।

सांसद बानियाँले बजेटमा मुगुका जनतालाई पूरै उपेक्षा गरिएको र त्यही कारण आफूमा आवेगको ज्वारभाटा उठेको बताए ।
यद्यपि, प्रतिनिधिसभा बैठकमा पर्यटनमन्त्री अधिकारी भने अनुपस्थित थिए । उनी आइकाओ सम्मेललनमा क्यानडा भ्रमणपछि गैरआवासीय नेपाली संघको विज्ञ सम्मेलनका लागि अमेरिका जाँदैछन् ।

प्रकाशित : १ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह