Logo

कर्पोरेट-बजार

समयकाे ख्यालै गर्दैनन् प्रधानमन्त्री अोली, अाज पनि सयौं अतिथिलाई २ घन्टा कुराए


appharu
   १ असार २०७५, शुक्रबार


काठमाडौं । काठमाडौंको भृकुटीमन्डप विहान १० बजेदेखि नै खचाखच थियो । सातौं प्रोपर्टी एक्सपो अर्थात घरजग्गा मेला उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै आउने भएपछि भीडभाड त हुनै नै भयो, सँगसँगै सुरक्षा व्यवस्था पनि उत्तिकै मजबुद थियो ।

घरजग्गा मेलामा मुलुकका सबैजसो ठूला र पैसावाल व्यवसायीको प्रत्यक्ष अप्रत्यक्ष लगानी भएकाले ठूलो संख्यामा उनीहरु बिहानैदेखि मेलामा पुगेका थिए । आयोजकले पनि साढे १० देखि ११ बजेभित्र प्रधानमन्त्री मेलामा आइपुग्ने खबर प्रवाहित गरेकाले सबैजना बेलैमा पुगेका पनि थिए ।

तर, प्रधानमन्त्री आफ्नो पुरानो बानी दोहो¥याउँदै कार्यक्रममा २ घन्टा ढिलो गरी पुगे । प्रधानमन्त्री पुग्दा आधाजसो व्यवसायी हिँडिसकेका थिए भने पत्रकारहरु हाइ काढ्दै बसेका थिए ।

घरजग्गा व्यवसायी पूर्वसांसद इच्छाराज तामाङ प्रधानमन्त्री ओलीका नजिकका व्यवसायी पनि हुन् । सोही कारण तामाङले आफ्नो इज्जतका लागि भए पनि आइदिन ओलीलाई आग्रह गरे र ओलीले सहजै यसलाई स्वीकारे ।

प्रधानमन्त्रीले यसरी कुराएको यो पहिलो घटना भने होइन । उनको सचिवालयमा २ दर्जनभन्दा बढी कर्मचारीमा ३ जना त प्रेससँग सम्बन्धित पूर्व पत्रकारहरु नै छन् । तर, समयको मामिलामा भने उनी निकै कमजोर छन् । भनेको समयमा कहिल्यै नपुग्ने भएकाले उनको बानीबारे जानकारी राख्नेहरु जहिले पनि डेढ दुई घन्टा ढिलो पुगेकै हुन्छन् ।

प्रधानमन्त्री आउने कार्यक्रममा नियमित रुपमा गइराख्ने एक टेलिभिजन पत्रकार भन्छन्– प्रधानमन्त्री केपी ओली आउने कार्यक्रममा ‘असाइन’ छ भने म जहिले पनि निर्धारित समयभन्दा डेढ घन्टा ढिलो पुग्ने गरेको छु । तर, आजसम्म म कहिल्यै ओलीभन्दा ढिलो पुगेको छैन ।

प्रकाशित : १ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह