Logo

Banner-news

चेकमा उत्पादित जावा फोर्टी टू मोटरसाइकल नेपालमा, अग्नि ग्रुपले बेच्ने


GDP Nepal
   २० आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपाली बजारमा जावा र जावा फोर्टी टू मोटरसाइकल उपलब्ध हुने भएको छ । अटोमोबाइल क्षेत्रको अनुभवी कम्पनी अग्नि समूहले यसको बिक्री गर्ने भएको हो ।

भारतको क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो । यसको सञ्चालन सन् २०२० को अक्टोबर महिनाबाट सुरुवात हुनेछ ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टू मोडेल उपलब्ध गराउने छ । यो कदमसहित क्लासिक लिजेन्डस्ले नेपालमा जावा अनुशरणकर्ताहरूका लागि आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्नेछ र उनीहरूलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्दछ ।

जावा फोर्टी टू

यससम्बन्धी घोषणा गर्दै क्लासिक लेजेन्ड्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत आशिष सिंह जोशीले आफूहरु देशका सबै क्लासिक मोटरसाइकल प्रेमीहरूलाई इतिहासको एक हिस्सा सहित एउटा अद्वितीय स्वाभित्व अनुभवका साथ आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्ने बताए ।

जोशीले भने, “जब हामीले भारतमा नयाँ जाभा मोडलहरूका लागि अदभूतपूर्व प्रेम, चासो र माग सहित सफलता हासिल ग¥यौं, त्यस बेला हामीलाई नेपालमा पनि यस्तो स्नेह प्राप्त हुने थाह भयो । हामी नेपालमा आफ्नो सञ्चालन विस्तारका क्रममा यहाँ हाम्रा जावा र जावा फोर्टी टु गरी दुईवटा मोडेलहरू प्रस्तुत गर्दैछौं,।”

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउनमा ठूलो गर्व प्रदान गरेको धारणा राखे ।

श्रेष्ठले भने, “यसले हामीलाई हामी हाम्रो देशका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा उत्साहित भइरहेका छौं । एउटा प्रमाणिक र आइकोनिक ब्रान्ड जावाप्रति निकै म निकै आशावादी छु, यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्दछ र नयाँ जावाको पौराणिक क्लासिक अझै टे«न्डी देखिएको छ र यसको सबल निर्माण विशेषताले गर्दा नेपालका हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा म विश्वस्त छु ।”

जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइने छ ।

निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुकगर्न र टेस्टराईड गर्न सक्नेछन् ।

क्लासिक लिजेन्डस कस्तो कम्पनी हो ?

क्लासिक लेजेन्ड्स प्रा.लि. एक भारतीय कम्पनी हो जुन बजारमा आइकनिक मर्की मोटरसाइकल ब्रान्ड पुनः प्रस्तुतिका लागि स्थापना गरिएको हो ।

क्लासिक लेजेन्ड्सको उद्देश्य भारतको पहिलो वास्तविक जीवनशैली कम्पनी बन्ने र उपभोक्ताहरूलाई मोटरसाइक्लिङ इकोसिस्टमसँगै रोमाञ्चक उत्पादन र सेवा प्रवाहबाट क्लासिक ब्रान्डहरुरूको सम्पदा पुनर्जीवित पार्ने अवसरहरू प्रदान गर्ने उद्देश्य रहेको छ ।

जावा चेक रिपब्लिक, पूर्व चेकोस्लाभियाको ब्रान्ड हो, ९० वर्षको विरासतका साथमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँगै इन्जिनियरिङ गरिएका, गैरविशिष्ट प्रकारका मोटरसाइकलहरू निर्यात गरी समृद्धिको उत्कर्षमा पुगेको छ । यो भारतीय बजारमा सन् १९६०को प्रारम्भतिरै प्रवेश गरेको हो । जावा मोटरसाइकलका दुई वटा पक्षहरू–यसको सुन्दर डिजाइन र सबल प्रदर्शनले यसले मन मात्र नभइ विश्वका थुप्रै ‘टाइटल’ पनि जितेकोछ ।

क्लासिक लिजेन्ड्सले जावाको मौलिक डीएनए र गुण भएका उत्पादनहरू सुरूवात गर्नका लागि विश्वव्यापी विशेषज्ञताका साथै डिजाइन र ईन्जिनियरिङमा आफ्ना साझेदारी क्षमताको क्षमताहरूको सर्वश्रेष्ठ उपयोग गरेको छ ।

नयाँ जावा र जावा फोटी टु सुरुवातका साथै कम्पनीले देशको क्लासिक मोटरसाइकल वर्गलाई पुनःपरिभाषा सहित आधुनिक रेट्रो मोटरसाइकलहरू प्रस्तुत गर्दै आधुनिक प्रविधिले युक्त तुल्याएको छ । यो ब्रान्डले त्यसपछि भारतको पहिलो प्याक गरेको छ। त्यसपछि ब्रान्ड भारतको पहिलो कारखानामा कस्टम बोबर–जावा पेराक ल्याएको छ ।

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह