Logo

Banner-news

फैलँदो महामारीः संक्रमित १ लाख नाघे, मृत्यु ६ सय !


GDP Nepal
   २३ आश्विन २०७७, शुक्रबार


काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । शुक्रबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ भने संक्रमितको संख्या १ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको हो । यता पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र १३२७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् ।

यद्यपि, देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १४०९ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १११६, ललितपुरका १६३ र भक्तपुरका १३० जना छन् ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह