Logo

Banner-news

ग्यासको सिलिन्डर किन्दा धरौटी रसिद अनिवार्य, उपभोक्ता मूल्य २१ सय !


GDP Nepal
   २६ आश्विन २०७७, सोमबार


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको नयाँ सिलिन्डर खरिद गर्दा धरौटी रसिद अनिवार्य रुपमा लिन ग्राहकहरुलाई आग्रह गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

संघको गत शुक्रबार सम्पन्न २५ औं वार्षिक साधारणसभाको निर्णयअनुसार ग्यास सिलिन्डरको मूल्यमा एकरुपता कायम हुने भएको हो । जसअनुसार असोज २८ अर्थात मंगलबारदेखि लागू हुनेगरी फलामे खाली सिलिन्डरको मूल्य २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

संघले तोकेको ग्यास सिलिण्डरको मूल्य दुर्गमबाहेकका जिल्लाका लागि निर्धारण गरिएको हो । नयाँ मूल्यमा बिक्रेताहरुलाई ह्यान्डलिङवापत १ सय रुपैया निर्धारण गरिएको उल्लेख छ ।

ग्राहकले सिलिण्डर खरिदमा धरौटी रसिद नलिए कम्पनीहरुले जवाफदेहिता नलिने साधारणसभाको निर्णय विज्ञप्तिमा उल्लेख छ । ग्यास सिलिन्डरको मूल्यमा एकरुपता कायम गर्न यस्तो निर्णय गरिएको हो ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह