Logo

Banner-news

फ्रान्समा राहत माग्दै होटल व्यवसायीको जुलुस, नेपाली व्यवसायीको धैर्यता कहिलेसम्म ?


GDP Nepal
   २८ आश्विन २०७७, बुधबार


काठमाडौं । कोरोना महामारीले विश्वभर सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो, पर्यटन । पर्यटनमा बढी लगानी हुने एयरलाइन्स र होटल क्षेत्रमध्ये संख्यात्मक रुपमा होटल व्यवसायीको संख्या ठूलो छ भने यससँग आश्रित मजदुर कर्मचारीको संख्या पनि निकै बढी नै छ ।

सात महिनादेखि ठप्प होटल व्यवसायीहरुको धैर्यता टुट्न थालेको छ । नेपालमा होटल व्यवसायीहरुले अहिलेसम्म धैर्यता देखाइरहे पनि शक्तिशाली देश फ्रान्समा समेत होटल व्यवसायीहरुले राहत माग्दै जुलुस निकाल्न थालेका छन् । नेपाली होटल व्यवसायीहरुले पुससम्मका लागि मजदुरलाई तलबको व्यवस्थापन गरे पनि राज्यबाट सुविधा पाउन सकेका छैनन् ।

फ्रान्समा भने होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् ।

कोभिड–१९ सङ्क्रमण दर पुनः बढ्न थालेपछि सरकारले शहरी क्षेत्रमा प्रतिबन्धका उपायहरू तीव्र पारेका् छ । सङ्क्रमण नियन्त्रणका उपायको अवलम्बन गर्दा आफ्नो व्यवसाय धरापमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

पेरिस शहर प्रशासनले गत हप्ता अधिकतम कोरोनाभाइरस सङ्क्रमणको चेतावनी दिँदै भाइरसको थप प्रसारलाई रोक्नको लागि बार, स्विमिंग पूल र जिमलाई १४ दिन बन्द गर्ने आदेश दिएको छ ।

प्रशासनले साझा स्थानहरूमा मास्क लगाउने आवश्यकता अनुसार शहरमा हिडडुल गर्ने र सामाजिक दूरीका नियमहरूलाई पालना गर्न जुलाईमा पुनः निर्देशन जारी गरेको थियो ।
एएन्आइलाई प्राप्त भिडियोमा प्रदर्शनकारीहरूले पोस्टर तथा व्यानर बोकेर विरोध प्रदर्शन गरेको देखिन्छ ।

आन्दोलनमा उत्रिएका कम्पनीहरूलाई सहायता, आंशिक बेरोजगार भत्तालगायतका सुविधा व्यवस्था गर्न र करहरूमा छुट दिन माग गरेका बताइएको छ ।

फ्रान्सले कोरोनाभाइरसको सङ्क्रमणको दोस्रो लहरमा मध्य ग्रीष्मकालदेखि पुनः दोहोरिएपछि दैनिक हजारौँ व्यक्ति सङ्क्रमित बनेका छन् । नयाँ संक्रमणको पछिल्लो दैनिक रेकर्डमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दैनिक २५ हजारको हाराहारीमा रहेको छ ।

हालसम्म फ्रान्समा ७७ लाख छ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३२ हजार ७०३ सङ्क्रमितको मृत्यु भएको छ ।

मङ्गलबारसम्म विश्वमा सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख ६३ हजारभन्दा बढी रहेको छ भने १० लाख ८६ हजारभन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार रहेको छ भने दुई लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

दोस्रो बढी सङ्क्रमित रहेको देश भारत रहेको छ भने ब्राजिल, रूस, कोलम्बिया, स्पेन, अर्जेन्टिना, पेरु, मेक्सिको, फ्रान्स सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह