काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १३.०३ अंकले घटेर दुई हजार ६६७.४० विन्दुमा पुगेको छ ।
बैंकिङ ८, विकास बैंक ९२, फाइनान्स १३, होटल तथा पर्यटन ३३, हाइड्रोपावर १४, माइक्रोफाइनान्स ४३, ब्यापार २, अन्य १४, जीवन बीमा ७१ र निर्जीवन बीमा उपसमूह २२ अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने ४६ अंकले बढेको छ ।
आज सेन्चुरी डीबेन्चर २०८८ को सेयर सबैभन्दा धेरै ७.७५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज थ्री स्टार हाइड्रोको सेयर ९.९१ प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड ५२ लाख कित्ता सेयर ७ अर्ब ७२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया