Logo

Banner-news

क्लिनफिड रोक्न विदेशी दबाबको सरकारबाटै खुलासा, तर कात्तिक ७ भित्रै लागू हुने !


GDP Nepal
   २८ आश्विन २०७७, बुधबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक ७ गतेबाट जसरी पनि क्लिनफिड लागू हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल क्लिन फिड लागू नगर्न विभिन्न दबाब आइरहे पनि पूर्वनिर्धारित तालिकाअनुसार कात्तिक ७ गतेबाटै लागू हुने दोहोर्याएको छ ।

क्लिनफिड लागू गर्ने म्याद थप गर्न इन्डियन ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवक्र्स तथा बीबीसी न्यूजसहित नेपाल केबल टेलिभिजन महासंघ लगायतले विभिन्न माध्यमबाट माग गरिरहेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

कात्तिक ७ गतेभित्र क्लिनफिड लागू गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको उल्लेख गर्दै मन्त्रालयले यसको म्याद थप गर्न नसकिने र क्लिन फिड प्रशारण नभएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने स्पष्ट पारेको छ ।

क्लिनफिडसम्बन्धी ऐन लालमोहर लागेको एक वर्षभित्र लागू गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह