Logo

अर्थनीति

श्वेतपत्रविरुद्ध कांग्रेस झन् कठोर


appharu
   २७ चैत्र २०७४, मंगलबार


जीडीपी नेपाल
काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ९ दिनपछि सरकारी श्वेतपत्रको लिखित तर कडा शब्दमा विरोध जनाएसँगै यसले आर्थिक क्षेत्रमा मात्र नभइ राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ । श्वेतपत्रलगत्तै पूर्वअर्थमन्त्री एवं नेता डा. रामशरण महतले गरेको सार्वजनिक टिप्पणीलाई थप व्याख्यासहित कांग्रेस प्रस्तुत भएको छ ।
श्वेतपत्रमा लेखिएजस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको कांग्रेसको दावीलाई पुष्टि गर्ने आधारसमेत दिइएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गाँसेर श्वेतपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस्तुत गरी अबौद्धिक र अव्यवहारिक चरित्र देखाएको टिप्पणी गरे ।
शर्मा र नेता प्रकाशशरण महतमात्र उपस्थित पत्रकार सम्मेलनमा नेता रामशरण महत, कांग्रेसनिकट अर्थशास्त्री तथा योजनाविदहरु प्रा. डा. गोविन्द पोख्रेल, डा. स्वर्णीम वाग्लेलगायतको अभाव खट्किन्थ्यो । यद्यपि, प्रवक्ता शर्माले भने, “राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो, त्यसलाई संस्थागतरुपमा समृद्धिको दिशामा अघि बढाउनु काँग्रेसको कर्तव्य हो ।”

दश वर्षको समयमा देशको अर्थतन्त्र बिग्रँनुमा काँग्रेस मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि जिम्मेवार छ, काँग्रेसद्वारा जारीे प्रेस विज्ञप्तिमा भनिएको छ, “मुलुकमा छ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न काँग्रेसलाई नै अवसर जुरेको छ ।”

मुलुक वाह्य देशप्रतिको परनिर्भरता घट्दै गए पनि त्यसलाई श्वेतपत्रले समेट्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा विगतको २५ वर्षमा काँग्रेसले गरेको २२ उपलब्धिलाई समेटेको छ ।

काँग्रेसको एजेण्डामा चुनाव जितेको आरोप
वाम गठबन्धनले नेपाली काँग्रेसको एजेण्डालाई नै लिएर चुनाव जितेको काँग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आरोप लगाए । उनले भने, “श्वेतपत्रमार्फत नेपाली काँग्रेसले अर्थतन्त्र बिगारेको तर्क दिनु सरासर गलत हो ।”

नेता डा महतले एमालेको अहिलेको कार्यकालमा देशको अर्थतन्त्र झनै कमजोर बन्नसक्ने आरोप लगाउँदै शेरबहादुर देउवा प्रधानमन्त्री रहहँदा थुप्रै कुराहरुलाई कार्यान्वयनमा पु¥याए पनि नयाँ सरकारले त्यसलाई कार्यान्वयन हुन नदिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई आफ्नो पार्टी केन्द्रित मात्र गर्न खोजेको आरोप लगाउँदै सबैलाई हातेमालो गरेर लान नसके देशले निकाश पाउन नसक्ने धारणा महतको छ ।

प्रकाशित : २७ चैत्र २०७४, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह