Logo

Banner-news

भारत उडान अझै एक महिना नहुने निश्चित


GDP Nepal
   १४ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । चैत पहिलो सातादेखि रोकिएको भारतका विभिन्न गन्तव्यतर्फको उडान अझै एक महिना नहुने भएको छ । खाडी मुलुकबाहेक अधिकांश गन्तव्यमा सीधा उडान सुरु भइसके पनि नजिकको छिमेकी भारतमा भने अझै उडान नहुने भएको हो ।

भारतसँग सीधा उडान रोकिँदा भारतमा व्यापार व्यवसाय गर्ने तथा रोजगारीका लागि भारत जाने नेपालीहरु समस्यामा परेका छन् ।


नेपाल भारत आर्थिक सम्बन्धमै सुस्तता आएको कतिपयको भनाइ छ ।

तर, भारत उडानको प्रयास गरिरहे पनि अझै एक महिना उडान असम्भव रहेको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । उनका अनुसार भारतको हवाई सेवाको नियामक निकाय डीजीसीएको निर्णयअनुसार नोभेम्बर ३० सम्म त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेकाले नेपालबाट उडान सम्भव छैन ।

भारतमा आन्तरिक उडान सुचारु भए पनि वाह्य उडानमा अझै प्रतिबन्ध छ । नेपालले उडान गर्न चाहे पनि भारतको नीतिका कारण तत्काल सम्भव नभएको र भारतको नीति परिवर्तन हुनेवित्तिकै उडान सुरु गर्न आफूहरु तयार रहेको निगमका प्रबन्ध निर्देशक पौडेल बताउँछन् ।

नेपाल वायुसेवा निगमले नयाँदिल्लीसहित मुम्बइ र बैंगलोरमा उडान गर्दै आएको छ भने भारतका एयर इन्डियासहित झन्डै आधा दर्जन वायुसेवा कम्पनीले विभिन्न सहरबाट उडान गर्दै आएका छन् ।

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह