Logo

Banner-news

शिक्षाको गुणस्तर खस्केको प्रमाणः त्रिविमा ४६ उपप्राध्यापक माग्दा ८ जनामात्र लिखितमा उत्तीर्ण


GDP Nepal
   २६ कार्तिक २०७७, बुधबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले व्यवस्थापन विषयमा ४६ जना उपप्राध्यापकको माग गरे पनि लिखित परीक्षामा भने ८ जनामात्र उत्तीर्ण भएका छन् ।

मुलुकका विभिन्न विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तीर्ण गरेकामध्ये ४९६ जना लिखित परीक्षामा सहभागी भए पनि जम्मा ८ जनामात्र उत्तीर्ण भएसँगै नेपालका विश्वविद्यालय शिक्षाको गुणस्तरमा प्रश्न उठेको छ ।

त्रिविको विज्ञापन नं. ३०६/२०७/५७६ अनुसार व्यवस्थापन संकायमा खुलातर्फ २५ सहित समावेशी कोटासहित कुल ४६ जनाका लागि विज्ञापन गरेको थियो । जसअनुसार लिखित परीक्षामा ४९६ जना सहभागी भए पनि ८ जनामात्र उत्तीर्ण भए ।

सरस्वती क्याम्पसका उपप्राध्यापक केपी पाण्डे फेसबुकमा लेख्छन्ः
त्रिभुवन विश्व विद्यालय सेवा आयोगले आज प्रकाशित गरेको व्यवस्थापनको उप प्राध्यापकको परिक्षाफलमा ४६ जनाको विज्ञापन । ४९६ जनाले परिक्षा दिएकोमा जम्मा ८ जनामात्र लिखित परिक्षामा उर्तिर्ण । विश्वविद्यालयमा राम्रो व्यक्तिको आर्कषण नभएको हो वा पढाईको गुणस्तरमा कमि छ कि हामीजस्ता प्राध्यापन पेशाका व्यक्तिलाई समेत चुनौती आएको । यसमा एक आयोग गठन गरी अनुसंन्धान हुनुपरेयो ।
सफल सबै व्यक्तिहरुलाई बधाई । अन्यथा केहि नभएमा लिखितमा उर्तिर्ण व्यवस्थापन संकायका सबै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुने देखियो ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह