Logo

Banner-news

दराज सेलमा ६०% बढी व्यापार, ५.२ लाख ग्राहकले किने सवा २ करोडका सामान


GDP Nepal
   २९ कार्तिक २०७७, शनिबार


काठमाडौं । दराजको ११ः११ सेलले यो वर्ष अघिल्लो वर्षको रेकर्ड तोडेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा ६० प्रतिशत बढी व्यापार भएको जनाएको छ ।

कोभिडका कारण यस वर्ष अनलाइन किनमेलमा उपभोक्ता अभ्यस्त भएका छन् । दराजका अनुसार नोभेम्बर ११ मा एकै दिन २ करोड २२ लाख मूल्य बराबरका सामान बिक्री भएका छन् ।

कम्पनीका अनुसार यस दिन ५ लाख २० हजार ग्राहकले सामान अर्डर गरेका थिएन भने ७ हजारभन्दा बढी विक्रेता यसमा सामेल थिए । यस्तै काठमाडौंसहित मुलुकका विभिन्न २८ सहरमा दराजको किनमेल जारी थियो ।

दराजले यस दिनको बढ्दो अर्डरअनुसार ग्राहकलाई समयमै सामग्री उपलब्ध गराउन ७ हजार डेलिभरीकर्मी थपेको थियो ।

दराजका अनुसार यस वर्ष सबैभन्दा रुचाइएको पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो।

कम्पनीका अनुसार वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखेनिय बढी वृद्धि देखियो जुन पुरै सेल को ४५ प्रतिशत थियो। समग्रमा, यसपाली को ११ ११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो।

अभियानको उल्लेखनीय हाइलाइटहरू मध्ये, बजारमा महामारीको कारण कम व्यापार भैरहेको बेला, ११:११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान साबित भयो, विशेष गरी साना र मझौला आकारका उद्यमहरूको लागि (एसएमई) ११:११ मा भएको कुल व्यापार संख्यामा २०५ जति एसएमईहरू द्वारा उत्पन्न भएको थियो। यी एसएमईहरु दराजको सहयात्री कार्यक्रम द्वारा दराजमा दर्ता भएका थिए जुन कार्यक्रम विशेष गरि महामारीको बखत एसएमईहरुलाई सहयोग गर्न दराज ले लिएर आएको थियो।

“मुलुकको चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि, नेपालमा सफलतापूर्वक ११।११ तेस्रो पटक आयोजना गर्न सकेको हामी खुसी छौं। फेरि पनि हामी उपभोक्ता र विक्रेता दुवैको लागि केहि सकारात्मक चिज ल्याउन सक्यौं।

आर्थिक स्थितिलाई ध्यानमा राख्दै, ११।११ जस्ता सेल अभियानहरुले ठूलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म पाउदछन जबकि ग्राहकहरूले उनीहरूको शपिंग आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन्” ११ ११ बारेमा टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।

प्रकाशित : २९ कार्तिक २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह