Logo

Banner-news

यसकारण पेचिलो वस्तुगत चुनाव, जसले जित्छ ऊ महासंघको २१ औं अध्यक्ष !


GDP Nepal
   ९ मंसिर २०७७, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि मात्र नभइ तीन उपाध्यक्षका लागि पनि तीब्र प्रतिस्पर्धा छ । महासंघका उद्योग वाणिज्य (जिल्लानगर), वस्तुगत तथा एशोसिएट उपाध्यक्षका लागि दुवै प्यानलमा सशक्त उम्मेदवार खडा भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्तिले २०७९ चैतमा अध्यक्षको कार्यभार सम्हाल्नेछन् भने सोही बेला हुने वरिष्ठ उपाध्यक्षको निर्वाचनले २१ औं अध्यक्ष समेत चयन गर्नेछ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा १९ औं अध्यक्ष हुनेछन् भने २० औं अध्यक्षका लागि शनिबार निर्वाचन हुँदैछ ।

महासंघमा कार्यकारिणी समितिभन्दा बाहिरबाट पदाधिकारी चुनिने अवस्था छैन । एकाधबाहेक यस्तो अभ्यास पनि छैन । यसैले अहिले उपाध्यक्ष निर्वाचित हुने व्यक्तिबाटै महासंघको वरिष्ठ उपाध्यक्ष र २१ औं अध्यक्ष हुने सम्भावना बलियो देखिन्छ ।

महासंघको आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि प्रवल दावेदारी गर्नेमा हालका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र उनलाई अहिले नै कडा चुनौती दिएका अञ्जन श्रेष्ठ रहनेछन् । अञ्जन र उमेशलालमध्ये यसपटक जसले वस्तुगत उपाध्यक्षमा जीत हासिल गर्नेछन्, ऊ अर्को पटकका लागि वरिष्ठ उपाध्यक्षको प्रवल दावेदार हो ।


त्यसो त जिल्लानगरका गुणनिधि तिवारी र दिनेश श्रेष्ठमध्ये एक तथा एशोसिएटका रामचन्द्र संघई र सौरभ ज्योतिमध्येका एक विजयी भएर अर्को पटक वरिष्ठ उपाध्यक्षको दावी गर्ने अवस्था रहन्छ । तर, महासंघको राजनीतिमा उनीहरुभन्दा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दुवै प्रभावशाली मानिएकाले यस पटकको वस्तुगत निर्वाचनले आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष समेत तय गर्ने देखिन्छ ।

यद्यपि, महासंघमा विधान संशोधनको मुद्दा बेलाबखत उठ्ने गरेको छ भने कार्यकारिणी समितिको कार्यकाल घटाउने विषयमा पनि सहमति जस्तै छ । यसले गर्दा वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन नहुन पनि सक्ने अवस्था रहन सक्छ ।

महासंघमा यस वर्ष किशोर प्रधान समूहबाट अञ्जन श्रेष्ठ र चन्द्रप्रसाद ढकाल प्यानलबाट उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । दुवै पक्षले आफ्नो जीत सुनिश्चित दावी गरे पनि तीव्र प्रतिस्पर्धा रहेको देखिन्छ ।

अञ्जन श्रेष्ठभन्दा पुरानो भए पनि उमेशलालमाथि बिनाआधार कार्यकाल दोहो¥याउन लागेको टिप्पणी भइरहेको छ ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह