Logo

Banner-news

वस्तुगत उपाध्यक्ष प्रत्यासी अञ्जन श्रेष्ठ समूहका प्राथमिकता सार्वजनिक


GDP Nepal
   १० मंसिर २०७७, बुधबार


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत उपाध्यक्षका प्रत्यासी युवा उद्यमी अञ्जन श्रेष्ठ र उनको समूहले आफ्ना प्राथमिकता सार्वजनिक गरेका छन् । श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरुका विषय छनोट गरेर पुस्तिकामार्फत सार्वजनिक गरेको हो ।

“हामीले निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न बस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि त्यसलाई लिपिवद्ध गर्ने प्रयास स्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गर्न पुस्तक नै तयार गरेर अघि बढेका छौं,” श्रेष्ठ समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएका छन् । कोभिड १९ को कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न बस्तुगत संघहरुलाई ४ भागमा विभाजन गरि समस्या पहिचान गरिएको छ ।

सबै बस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेको जनाइएको छ ।

“हामीले आफ्नो समूह निर्माण गर्दापनि ती सबै क्षेत्रलाई प्रतिनिधित्व हुनेगरि समावेशी निर्माण गरेका छौं । हाम्रो समूहमा अनुभवी र नयाँ जोससहितका उम्मेदवारहरुलाई समेट्ने प्रयास गरेका छौं,” उपाध्यक्षका उम्मेदवार श्रेष्ठ भन्छन्, “‘सबल, सक्षम र सफल’ निजी क्षेत्र भन्ने मूलमन्त्र अंगिकार गर्दै भोलिका दिनमा नेपालमा व्यवसायीक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पुरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा हामीले यो पुस्तक प्रकाशन गरेका हौं ।”

श्रेष्ठले थपे– हामी हाम्रो प्रतिवद्धता पुरा गर्न सधै लागि पर्ने छौं । त्यहि क्रममा तपाई सबै सरोकारवाला निकायहरुको सहयोगको अपेक्षा गर्दछौं ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह