Logo

बिजनेस होम

महासंघमार्फत निर्यात प्रवर्द्धनका लागि हरि कार्कीको उम्मेदवारी


GDP Nepal
   ११ मंसिर २०७७, बिहिबार


काठमाडौं । व्यवसायी हरि बहादुर कार्की नेपाल निर्यात परिषदका अध्यक्ष हुन् । उनी महासंघको आसन्न निर्वाचनमा चन्द्र ढकाल समूहबाट वस्तुगत सदस्य पदका प्रत्यासी हुन् ।

नेपालको निकासी क्षेत्रका लागि निकासीसँग सम्बन्धित विभिन्न संघ संगठनको प्रभावकारिता वृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्ने कार्की यसका लागि महासंघमा पनि सवल र सक्षम नेतृत्व आवश्यक पार्ने धारणा राख्दछन् ।

महासंघमा निर्यात प्रवर्द्र्धन डेस्क स्थापना गरी सहजीकरण गर्ने तथा समस्याको सम्बोधनका लागि तत्काल पहल गर्ने उनको योजना छ । निर्यातसँग सम्बन्धित संस्थाहरुको एकतावद्ध अभियान जरुरी रहेको उनी बताउँछन् ।

२५ वर्षदेखि निर्यातजन्य व्यवसायमा सक्रिय कार्कीले ‘निर्यात व्यवसायको सुधार, अर्थतन्त्रको मूल आधारः आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी’ भन्ने नारासहित मैदानमा उत्रेका छन् । निर्यात व्यापारमा सक्रिय र सफल कार्की सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

कार्की यसअघि नै नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य रहिसकेका छन् भने नेपाल हस्तकला महासंघको उपाध्यक्ष भएका थिए । सामाजिक क्षेत्रमा सक्रिय कार्की लायन्स क्लब, ४० फाउन्डेसनलगायतमा संलग्न छन् ।

जेनिथ एक्सपोर्ट एन्ड इपोर्टका अध्यक्ष रहेका कार्की जेनिथ नेपाल कार्गोका प्रवन्ध निर्देशक हुन् । म्याक्रो ट्रेडर्स, हिमालयन मिट प्रडक्ट्स लगायतका व्यवसायमा संलग्न कार्की पुँजी बजारमा पनि सक्रिय छन् ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह