Logo

कर्पोरेट-बजार

महासंघमा जुझारु र परिपक्व व्यवसायी प्रकाशसिंह कार्कीको उम्मेदवारी


GDP Nepal
   ११ मंसिर २०७७, बिहिबार


काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा दोस्रोपटक वस्तुगत सदस्यका लागि उम्मेदवारी दिएका छन् । चन्द्रप्रसाद ढकाल समूहबाट उम्मेदवारी दिएका कार्की व्यावसायिक वृत्तमा इमानदार, अनुभवी तथा जुझारु छवि बनाएका छन् ।

राजनीति र व्यवसायलाई सँगसँगै अगाडि बढाइरहेका कार्की व्यवसायीका समस्या नीति निर्माण तहसम्म पु¥याउन र समाधान खोज्न सधैँ अग्रसर रहन्छन् । आयात तथा निर्यात दुवै क्षेत्रसँग जोडिएको फ्रेट फरवार्डर्सको भूमिका मुलुकको आर्थिक तथा व्यावासायिक क्षेत्रमा महत्वपूर्ण रहेको र यसलाई महासंघमार्फत थप सरलीकृत गर्दै लैजान सकिने कार्की बताउँछन् ।

प्रकाशसिंह कार्की

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने र यसका लागि फ्रेड फरवार्डर्सहरुको तर्फबाट योगदान पु¥याउन आतुर रहेको बताउने कार्की महासंघको निर्यात समितिका सभापति समेत हुन् ।

प्रशासनिक झमेलाका कारण नेपालमा व्यावसायिक वातावरण बन्न नसकेको बताउने कार्की यसको समाधानका लागि महासंघमार्फत निजी क्षेत्र एकजुट बन्नसके देशको अर्थतन्त्रले नै चाँडै गति लिने धारणा राख्छन् ।

खुला र उदार अर्थतन्त्रमा विश्वास गर्ने कार्कीको सबैसँग मिल्नसक्ने स्वभावका कारण उनको सम्भावना प्रवल रहेको बताइएको छ । फ्रेट फरवार्डर्स एशोसिएसनले पनि कार्कीका पक्षमा मतदान गर्न सबै वस्तुगत संघहरुलाई आग्रह गरेको छ ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह