Logo

Banner-news

महासंघ निर्वाचनको रोचक नतिजा, युवा अञ्जनदेखि परिपक्व दिनेश श्रेष्ठसम्म विजयी


GDP Nepal
   १४ मंसिर २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र वस्तुगततर्फ अञ्जन श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन् ।

वागमति प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका गुणनिधि तिवारीलाई ११ मतको फराकिलोअन्तरले हराएका हुन् । श्रेष्ठले ५८ मत पाए भने तिवारीले ४७ मतमात्र पाए ।

यस्तै, वस्तुगत सदस्य रहेका अञ्जन श्रेष्ठले वस्तुगततर्फका बहालवाला उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई २५ मतको भारी मतान्तरले पराजीत गरेका हुन् । अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उमेशलाल भने ३७ मतमा खुम्चिन बाध्य भए ।

महासंघका कोषाध्यक्ष निरक केसी कार्यकारिणी समिति सदस्यमै पराजीत भएका छन् । यसरी महासंघका बहालवाला उपाध्यक्षको लज्जास्पद हार भएको छ भने बहालवाला कोषाध्यक्ष पनि पराजीत भएका छन् ।

कार्यकारिणी समिति सदस्यमा वस्तुगततर्फ दुवै प्यानलले आधा आधा सीट बाँडे पनि जिल्लानगरतर्फ खुला प्रतिस्पर्धामा भने प्रधान समूहका बढी विजयी भए ।

प्रकाशित : १४ मंसिर २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह