Logo

Banner-news

एशोसिएटको सिन्डिकेटले सदस्य बन्नसमेत नदिएका संघई, जसले इतिहास रचे !


GDP Nepal
   १४ मंसिर २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो निर्वाचनमा एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भए । आफू निर्विरोध निर्वाचित भए पनि ढकालले एशोसिएटतर्फका सदस्य भने आफैं छनोट गर्न पाएनन् । न स्वतन्त्र र खुला प्रतिस्पर्धा नै हुन सक्यो ।

महासंघभित्र एक दशकभन्दा लामो समयदेखि एउटा बलियो सिन्डिकेट बनेको छ । जसले ठूलो संख्यामा प्रोक्सी संकलन गरी होल्ड गरिराखेको छ र त्यसबाट सीमित व्यक्तिहरुलाई मात्र सदस्य बन्ने अवसर दिन्छ ।

एशोसिएटमा यस्तै सिन्डिकेटका कारण ६ वर्षअघिको निर्वाचनमा अहिले वस्तुगत उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठसमेत कार्यकारिणी समिति सदस्यमै पराजीत हुनुप¥यो । अञ्जनजस्तै थुप्रै सम्भावना भएका युवा महासंघमा आउन चाहे पनि सकेनन् ।

पछिल्ला तीन निर्वाचनमा एशोसिएटतर्फ यो समूहले आफूले चाहेभन्दा एक जना पनि अन्य उम्मेदवार छिर्न दिएन । महासंघमा दशौं हिउँद कटाएका र उपाध्यक्षमा समेत थोरै मतान्तरले विजयी अखिलकुमार चापागाइँ समेत अघिल्लो निर्वाचनमा एशोसिएट सदस्यमै पराजीत भए ।

यतिमात्र नभइ गैरआवासीय नेपालीको आकर्षण बढाउने शिशीरकुमार भट्टहरुको उम्मेदवारी पनि सोही समूहले फिर्ता गरायो र भट्ट महासंघबाटै अलग भएर नेपाल उद्योग परिसंघमा जोडिए ।
चापागाई एशोसिएटमा प्रोक्सी होल्ड गर्ने र कतिपय अवस्थामा किनबेच समेत हुने गरेकाले योग्य व्यक्ति महासंघमा आउनै नसकेको बताउँछन् । उनी भन्छन्– एउटा सदस्यका लागि प्रोक्सी अर्कैलाई दिँदा उसले आफूलाई मन नपर्ने र महासंघका लागि खराब व्यक्तिलाई समेत भोट हालिदिन्छ त्यसैले यो खराब व्यवस्था हो ।

चापागाईंका अनुसार संसारमा प्रोक्सीबाट निर्वाचनमा सहभागिता जनाउने चलन संसारमा कुनै देशमा छ्रन तर नेपाल उद्योग वाणिज्य महासंघमा भने यो व्यवस्था हटाउन कसैले पहल नै गरेका छैनन् ।

शनिबारको निर्वाचनमा एशोसिएट उपाध्यक्ष विजयी रामचन्द्र संघई पनि अघिल्लो निर्वाचनम एशोसिएटमा प्रोक्सीवालाको सिन्डिकेटको सिकार भएका थिए । उनले सदस्य पदका लागि गरेको मनोनयन पनि सो समूहले फिर्ता गराएको थियो र लगातार १२ वर्ष महासंघमा रहेका संघई यो कार्यकाल बाहिरै रहे ।

नेपालको ठूलो व्यावसायिक घराना त्रिवेणी समूहका निर्देशक संघई महासंघ कार्यकारिणी समितिमा रहनुले महासंघकै शाख बढ्नेमा द्विविधा थिएन तर त्यही सिन्डिकेटले उनलाई रोक्यो ।

संघई यसपटक भने सो सिन्डिकेटसामु झुकेनन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले उपाध्यक्षमा प्रतिस्पर्धाका लागि गरेको आग्रह उनले सहजै स्वीकारे । उनी भन्छन्– म व्यवसायमा महत्वाकांक्षी अवश्य पनि छु तर संघ संस्थामा आफैं अगाडि बढेर अथवा झगडा गरेर पद लिने मेरो बानी नै छैन त्यसैले सधैँ कर्नरमा पारिएँ तर मेरो महत्व र आवश्यकता चन्द्र ढकालजीले बुझ्नुभयो ।
हुन पनि महासंघमा १२ वर्ष रहँदा संघईले कहिल्यै पनि समितिको सभापतिमा समेत दावी गरेनन् । तर, अघिल्लोपटक उनको मनोनयन समेत जवर्जस्ती फिर्ता गराइएपछि रुष्ट रहेका संघईले जितमात्र हात पारेनन् कि महासंघमा १२ वर्षदेखि कायम रहेको सिन्डिकेटको अन्त्य समेत गरेका छन् ।

राज्यबाट महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान पाएका संघईको कम्पनीले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर बुझाएको आधारमा हालैमात्र सम्मानित भएको थियो । त्रिवेणी समूहअन्तर्गत करिब १६ हजारलाई प्रत्यक्ष रोजगारी दिइरहेका संघईले रोजगारदाता परिषद सभापतिका रुपमा असल श्रम सम्बन्ध स्थापनादेखि व्यावसायिक वातावरण निर्माणसम्ममा केन्द्रित हुनुपर्ने अवस्था छ ।

प्रकाशित : १४ मंसिर २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह