Logo

Banner-news

बिएमडब्ल्यूको आधिकारिक बिक्री सुरु, ग्राहकलाई प्रिमियम कस्टमर सर्भिसको अनुभव


GDP Nepal
   २२ मंसिर २०७७, सोमबार


काठमाडौं । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बिएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ ।

जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ ।

बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने– लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ ।

वेनरले बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउने बताए ।

उनले भने– हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं ।

लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले आफूहरुको टिम उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको बताए । श्रेष्ठले भने– हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अस्मरणिय क्षणको अनुभव दिलाउन चाहन्छौं । ग्राहकले हाम्रो ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउनु हुने छ । जहाँ हाम्रा विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ भने, अर्को तर्फ रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने छ । यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूती गर्न सक्नु हुने छ ।

श्रेष्ठका अनुसार ग्राहकलाई अहिलेको विषम परिस्थितिमा कन्ट्याक्ट लेस टेष्ट ड्राइभको सुविधा उपलब्ध गराइने छ । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सकिने उनले जानकारी दिए ।

श्रेष्ठ भन्छन्– तपाईले टेष्ट ड्राइभमा छनोट गर्नु भएको वा खरिद गर्नु भएको कार पूर्णत सेनिटाइज गरिएको हुने छ । उक्त कारलाई तपाईले छनोट गर्नु भएको स्थानमा हामी उपलब्ध गराउने छौं । ग्राहकको कुनै पनि जिज्ञासालाई हामी उपस्थित भएरै वा भर्चुयल माध्यमबाट समाधान गर्ने छौं ।

बिएमडब्ल्यू बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ ।

बिएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो¥याउने अपेक्षा गरिएको छ । बिएमडब्ल्यू बंगलादेशले
सन् २०१८ मा बिएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड पाएको थियो भने –२०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बिएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड सर्वोत्कृष्ट बिक्रीको लागि र २०१३ र २०१४ सर्बोत्कृष्ट बिक्री पछिको सेवा अवार्ड पाएको थियो ।

यस्तै, २००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’ तथा २००४ मा ‘वेष्ट बिएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको थियो ।

कम्पनीले आफ्ना ग्राहकलाई बिएमडब्ल्यूका उत्कृष्ट गाडीहरु अनुभव गर्न र बिएमडब्ल्यू ब्राण्डको बारेमा थप जानकारीको लागी हाम्रो शोरुममा आमन्त्रण गरेको छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह