Logo

कर्पोरेट-बजार

मनकामना केबलकार आइतबारबाट खुल्ने, स्वास्थ्य सुरक्षा मापदण्डमा संवेदनशील


GDP Nepal
   २४ मंसिर २०७७, बुधबार


काठमाडौं। कोभिड संक्रमणसँगै बन्द रहेको मनकामना केबलकार आइतारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना क्षेत्र विकास समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आइतबार आइतबारदेखि मनकामना मन्दिर र केवलकार खोल्ने निर्णय गरेको छ।

समितिका अध्यक्ष रामकुमार जोशीको अध्यक्षतामा बसेको बैठकले मन्दिर र केवलकार आइतबारदेखि खोल्ने निर्णय गरेको हो।यो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र पठाएको छ। कोरोनाका कारण नित्य पुजा वाहेक मनकामना मन्दिर ९ महिनादेखि बन्द थियो।

जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि मन्दिर र केवलकार खुला हुनेछ। केवलकार संचालनका लागि सबै तयारी पूरा भइसकेको केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार सुरु गर्नका लागि र्इसेवा, फोन पे र खल्तीबाट टिकट काट्न मिल्ने बनाएको छ ।

स्वास्थ्य सुरक्षाप्रति कम्पनी संवेदनशील देखिएको छ । कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुल ढोका देखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्दैछ । कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार गरेको छ।

यस्तै, यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ। कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको छ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह