Logo

Banner-news

काठमाडौंको जनजीवन सामान्यः परीक्षण गराउने नै घटे, मृत्युदर स्थिर !


GDP Nepal
   २९ मंसिर २०७७, सोमबार


काठमाडौं । जाडो मौसममा कोरोना संक्रमण अझ बढ्ने जनस्वास्थ्यविदहरुको चेतावनीबीच काठमाडौं उपत्यकामा स्थिति सामान्य नै देखिन थालेको छ । जनजीवन सामान्यतर्फ गइरहँदा जसरी भयावह रुपमा संक्रमण बढ्ने आकलन गरिएको थियो, त्यस्तो देखिँदैन ।

पछिल्लो समय अत्यावश्यक हुनेले मात्र परीक्षण गराउने र त्यसमा पनि संक्रमणदर पहिलेभन्दा कम देखिन थालेको छ । पछिल्लो समय अस्पताल भर्ना हुने तथा विदेश जानेले अनिवार्य परीक्षण गराउँछन् भने कन्ट्याक्ट ट्रेसिंगको नाउँमा परीक्षण हुन छाडेको छ ।

संक्रमण देखिएकाहरु पनि परिवारसँगै बस्न थालेकाले स्थिति सामान्यतर्फ फर्कन लागेको हो । यद्यपि, वृद्धवृद्धा र दीर्घ रोगीका लागि भने अझै जोखिम देखिन्छ ।

आइतबारको तथ्यांक हेर्ने हो भने पछिल्लो २४ घन्टामा कूल ५१८१ जनाको परीक्षण गरिएकोमा ८३० जनामा संक्रमण देखियो । मृत्यु संख्या ९ रहेको र निको भएकाको संख्या १५०० रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

यसरी हेर्दा परीक्षणको अनुपातमा जम्मा १६ प्रतिशतमा संक्रमण देखिन्छ । यो परीक्षण पनि अत्यावश्यक व्यक्तिले मात्र गराएका हुन् । यो प्रवृत्तिले कोरोना संक्रमण क्रमशः घट्दो अवस्थामा रहेको मान्न सकिन्छ । यसअघि दैनिक औषत २० देखि २५ प्रतिशतमा संक्रमण देखिने गरेको थियो ।

जनजीवन सामान्य भएको, होटल तथा रेस्टरेन्ट खुलेको एवं विवाह भोजसमेत निर्वाध भइरहँदा संक्रमण नियन्त्रणमा आउनुलाई सुखद् मान्न सकिन्छ ।

काठमाण्डू उपत्यकामा गएको एक सातामा औसतमा दैनिक पाँच सय जनाको हाराहारीमा सङ्क्रमित छन् । विगतको तुलनमा यो आधार कम हो ।

यद्यपि, कतिपय विज्ञहरूले पछिल्ला दिनहरूमा कोरोनाभाइरसको परीक्षण कम सङ्ख्यामा भइरहेकाले यस्तो देखिएको भन्ने गरेका छन् ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह