Logo

बिजनेस होम

ललितपुरमा उत्कृष्ट करदाता सम्मान तथा कर छुट सुविधा छलफल


GDP Nepal
   ३० मंसिर २०७७, मंगलबार


काठमाडौं । आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णलाल महर्जनले संघ र आन्तरिक राजस्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷७८ को बजेट वक्तव्य पश्चात नै गर्नुपर्नेमा कोरोना महामारीका कारण कार्यक्रम ढिला भएको बताए । उनले कोरोनाले गर्दा स्थिल रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेको बताए ।

आन्तरिक राजस्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराए । आन्तरिक राजस्व विभागका निर्देशक चुडामणी ढुंगानाले एकीकृत कर प्रणालीमा गरिएको सुधारका बारेमा जानकारी गराए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, ललितपुर १ का प्रमुख कर अधिकृत जीवन कुमार घिमिरेले व्यवसायीहरुको जिज्ञाशाको उत्तर दिए । उनले व्यवसायीहरुलाई आजको अवस्थामा राजस्व सम्बन्धी नीति नियमका बारेमा जानकार हुन आवश्यक रहेको बताए ।

घिमिरेले ललितपुर जिल्लाका उत्कृट करदाता भेगा फर्मास्यूटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक रामचन्द्र भण्डारीलाई सम्मान गरे । संघका अध्यक्ष महर्जनलाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा एशोसियट तर्फबाट निर्वाचित भएकोमा बधाई एवं शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा ललितपुर जिल्ला स्थित विभिन्न वस्तुगत संघका अध्यक्षहरु तथा प्रतिनिधिहरु, लउवा संघको राजस्व समितिका सदस्यहरु र संघका पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह