Logo

Banner-news

देउवाले भने, ओलीको सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ !


GDP Nepal
   ३० मंसिर २०७७, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन् ।

देउवा परिषद बैठकमा समेत अनुपस्थित छन् । उनले अध्यादेशप्रति कांग्रेसको प्रष्ट विमति रहेको बताए ।

देउवाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत जारी गरेको धारणा यस्तो छः
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ियसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ ।

यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह