Logo

Banner-news

बुटवलमा नेपालकै लामो जीपलाइन, हिलपार्कदेखि लक्ष्मीनारायण डाँडासम्म १४ सय मिटर


GDP Nepal
   २ पुस २०७७, बिहिबार


बुटवल । बुटवलमा सम्भवतः नेपालकै लामो जीपलाइन सञ्चालनमा आएको छ । बुटवलको हिलपार्कदेखि लक्ष्मीनारायण डाँडासम्म रहेको जीपलाइनले बुटवल सहरको सुन्दर दृश्यावलोकन समेत गराउने छ ।

दुईतर्फी जीपलाइनको दूरी करिब १४ सय मिटर रहेको र यो सम्भवतः नेपालकै सबैभन्दा लामो भएको सञ्चालकहरुको दावी छ । जीपलाइनलाइनलाई पर्यटकीय र साहसिक खेलका रुपमा चिनिन्छ ।

पोखराबाट सुरु भएको जीपलाइन निर्माणको लहर धुलिखेल, चिसापानी (कैलाली) हुँदै बुटवलसम्म विस्तार भएको छ । देशैभर जीपलाइन निर्माणको लहरसमेत सुरु भएको छ ।

वाइल्ड बिल्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो परियोजनालाई हिलपार्क जीपलाइन नाउँ दिइएको छ । यसको लागत करिब सवा करोड अनुमान गरिएको छ । जीपलाइनमा सवार गर्न १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

फुटबल संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद श्रेष्ठ सहित ४ लगानीकर्ताले यो जीपलाइन सञ्चालनमा ल्याएका हुन् । जसमा राजकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारीले लगानी गरेका छन् ।

हाल दुबै डाडाँमा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाइएको छ । लक्ष्मीनगर र हिलपार्कमा चिल्डेन पार्क बनाउने, चमेना गृह निर्माणको पनि योजनामा छ ।

जीपलाइनको शुभारम्भ बुधबार लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरीले गरे ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह