Logo

Banner-news

मास्टर सेफ उपविजयी सन्तोषः उपाधि नपाए पनि नेपाली खानाले मन जितेको छ !


GDP Nepal
   ३ पुस २०७७, शुक्रबार


काठमाडौं । पाककलासम्बन्धी प्रतियोगिता ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उपाधि पाउनबाट नेपाली युवा सेफ सन्तोष साह अन्तिम समयमा चुकेका छन् । उनले फाइनलमा पुगेर पनि अन्तिम तीनमै आफूलाई सीमित राखे ।

सन्तोषले उपाधी हासिल नगरे पनि प्रतियोगिताका निर्णायक र आम नेपालीको मन भने जित्न सफल भएका छन् । प्रतियोगितामा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका छन् ।

सन्तोष अन्य ३२ जनासँगै प्रतियोगितामा सहभागी थिए । यसअघि नेपालीले कहिल्यै नपुगको उक्त प्रतियोगिताको फाइनलमा पुग्नुलाई नै सफलता ठानिएको छ ।

प्रतियोगिता अवधिभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जित्न उनी सफल भए । उनले कोदोको खिर, योमरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।

सन्तोषले नेपाली भेषभूषालाई पनि विश्वसामु चिनाउने प्रयास गरेका थिए । प्रतियोगितामा उनले लगाएको ढाका टोपी र भादगाउँले टोपीले संसारभरका नेपालीको मन जितेको छ । उनले केही खानामा नेपालको राष्ट्रिय झण्डासमेत प्रदर्शन गरेका थिए ।

सन्तोषले बीबीसीसँग कुरा गर्दै उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताएका छन् ।

सिराहा कर्जन्हाका ३५ वर्षीय साह गरिब परिवारमा जन्मिएका हुन् ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह