Logo

Banner-news

श्रीराम सुगर मिल्सले माफी माग्दै भन्योः शुक्रबारदेखि नै भुक्तानी सुरु गरिसक्यौं !


GDP Nepal
   ४ पुस २०७७, शनिबार


काठमाडौं । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता भुक्तानी शुक्रबारबाटै सुरु गरिसकेको जनाएको छ । श्रीराम सुगरले कोरोना महामारी, लकडाउनलगायत आन्तरिक कारणले समयमै भुक्तानी गर्न नसकेकोमा माफीसमेत मागेको छ ।

श्रीराम सुगर मिल्सले विज्ञप्तिमा भनेको छ– यस उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने तर्फ उद्योग व्यवधानका कारण उद्योगको मांग बमोजिक समस्या समाधान हुन नसकेको व्यहोरा हामी सबैमा अवगत नै छ ।

सुगर मिलले किसानको भूमिकाको भने खुलेरै प्रशंशा पनि गरेको छ । यस्तै, किसानलाई समयमै भुक्तानी दिन नसकेकोमा माफी पनि मागिएको छ ।

“उद्योगको स्थापनाकालदेखि नै हाम्रा उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस हाम्रा उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति पूनःक्षमाप्रार्थि छौं,” विज्ञप्तिमा उल्लेख छ ।

उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भइसकेको जानकारी दिएको छ । यस्तै, भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको अवगत गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ– शुक्रबार देखि भुक्तानी चालु गर्ने ब्यहोरा उल्लेख भएको सबैमा जानकारी गराउन चाहन्छौं ।

प्रकाशित : ४ पुस २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह