Logo

Banner-news

बादल र लेखराज भट्टले राजीनामा दिएनन्, अन्य सात मन्त्रीको सामूहिक राजीनामा


GDP Nepal
   ५ पुस २०७७, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै सात मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल समूहका मन्त्री छन् । तर, पूर्व माओवादी खेमाका रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

सात जना मन्त्रीहरुले संसद्को विकास समितिको हलमा सयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्ने मन्त्रीहरुमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, ऊर्जा तथा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्राई, श्रममन्त्री रामेश्वर यादव, खानेपानीमन्त्री बिना मगर छन् ।

प्रकाशित : ५ पुस २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह