Logo

Banner-news

महासंघका समितिमा गोल्छाको एकलौटीः ढकाल समूहलाई ५, गोल्छाका ११ सभापति


GDP Nepal
   ५ पुस २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि एकलौटी ढंगले समिति गठन गरेका छन् । गोल्छाले वरिष्ठ उपाध्यक्ष निकट कार्यकारिणी समिति सदस्यहरुलाई कम महत्वका समिति दिएर महत्वपूर्ण समिति भने आफू निकट सदस्यलाई सुम्पेका छन् ।
ढकाल समूहबाट भरत आचार्यले सबैभन्दा महत्वपूर्ण उद्योग समितिको जिम्मेवारी पाएका छन् भने घरेलु तथा साना उद्योग समितिमा डि.बी. वस्नेत चयन भएका छन् । यस्तै, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा शीप विकास समितिमा हेमराज ढकाललाई जिम्मेवारी दिएका छन् । यसमध्ये घरेलु समिति मध्यम स्तरीय समिति हुन् भने सीप विकास र स्थानीय विकास समिति कम महत्वका समिति हुन् ।
ढकाल निकट प्रकाशसिंह कार्कीले स्थल यातायात तथा पारवहन समितिको जिम्मेवारी पाएका छन् । उनी यसअघि निर्यात प्रवद्र्धन समिति सभापति थिए । यस्तै, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल मनोनित भए ।

यसरी ढकाल समूहले ५ समितिको नेतृत्व पाउँदा गोल्छा समूहका ११ सदस्यले सभापतिको जिम्मेवारी पाएको देखिन्छ । कम महत्वका फोरममा भने ढकाल समूहका ४ र गोल्छा समूहका एक जनाले मात्रै अवसर पाए ।

अध्यक्ष गोल्छा महासंघमा विगतमा कुनै परफरमेन्स नदेखिएका संदीपकुमार अग्रवाललाई कर तथा राजस्व समितिको सभापतिमा मनोनयन गरेका छन् । महासंघभित्र यो सबैभन्दा शक्तिशाली समिति हो । यस्तै, बैंक, वित्तीय तथा बिमा समितिमा पनि गोल्छानिकट शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

गोल्छाले महत्वपूर्ण समितिमा आफू निकटलाई मात्र मनोनयन गरेका छन् । जसमा व्यापार समिति विजयसिंह वैद्य, महिला उद्यमी विकास समिति रिता सिंह, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समिति सभापतिमा रंजितराज आचार्य मनोनित भएका छन् ।

यस्तै, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खड्का र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ । प्रधान, खड्का र श्रेष्ठ पनि गोल्छा निकट हुन् ।

खड्कालाई पहिलो बैठकमै मनोनित गरेर महत्वपूर्ण समितिको जिम्मेवारी दिइएको छ । सबैभन्दा रोचक त के छ भने आधा कार्यकालका लागि मात्र सदस्य रहेका मंगेशलाल श्रेष्ठलाई पनि सूचना तथा सञ्चार प्रविधि समितिको सभापति जिम्मेवारी दिइएको छ ।

फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पुँजीबजार फोरममा अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ । गैरेबाहेक सबै ढकाल समूहका हुन् ।

प्रकाशित : ५ पुस २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह