Logo

कर्पोरेट-बजार

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो


GDP Nepal
   ७ पुस २०७७, मंगलबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ ।

छापावाला सुन प्रतितोला ९४ हजार ९ सयमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४ सयमा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ७ सयमा सोमबार कारोवार भएको थियो ।

यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । प्रतितोला १ हजार ३२० मा सोमबार कारोबार भएको चाँदी मंगलबार भने प्रतितोला १ हजार ३१५ मा कारोबार हुने गरी तोकिएको छ ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह