Logo

Banner-news

जाडोमा कोभिड संक्रमणदर बढ्छ भन्ने विज्ञहरुको भविष्यवाणी गलत सावित भएकै हो ?


GDP Nepal
   १२ पुस २०७७, आइतबार


काठमाडौं । नेपालमा अझै पनि कोरोना संक्रमण उच्चदरमा नै छ । तर, केही महिनाअघिको तुलनामा भने नियन्त्रणमा आएको जस्तो देखिन्छ । पहिलो सामाजिक गतिविधि शून्यप्राय हुँदा अथवा नियन्त्रण गरिँदा परीक्षणको तुलनामा दैनिक औषत २० प्रतिशतमा संक्रमण देखिने गरेकोमा अहिले त्यो दर १० प्रतिशतभन्दा कम छ ।

विज्ञहरुले जाडो मौसममा कोरोना संक्रमण फैलने बताइरहँदा धेरैमा त्रास फैलिएको थियो । तर, जाडोको उत्कर्ष चलिरहँदा सामाजिक आर्थिक गतिविधिहरु निर्वाध भइरहेका छन् र मास्क, स्यानिटाइजर, सामाजिक दूरीलगायत सुरक्षात्मक उपाय अवलम्बन गर्न छाडिरहँदा पनि कोराना फैलावट अपेक्षा गरिएजसरी बढिरहेको भने छैन ।

नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट थप ५०० जना सङ्क्रमित भएको र तीन जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ५,४३४ जनाको परीक्षण गरिएको थियो। यो संख्या परीक्षण गराएकामध्ये ९.२ प्रतिशतमात्र हो ।

यसअघि शुक्रवार अपराह्नसम्म २४ घण्टाको अवधिमा ४,१४२ जनाको परीक्षण गरिएकोमा ६०८ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको सङ्ख्या २,५७,७०० पुगेको छ भने ज्यान गुमाउनेहरूको कुल सङ्ख्या १८१९ पुगेको छ।

यद्यपि, जोडो मौसममा कोभिडबाट संक्रमितले पाउने पीडा र दुख भने धेरै बढी छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह