Logo

कर्पोरेट-बजार

मर्मतका लागि मनकामना केबलकार मंगलबारदेखि एक साता बन्द


GDP Nepal
   १३ पुस २०७७, सोमबार


काठमाडौं । नियमित मर्मतसम्भारका लागि मनकामना केबलकारको सेवा एक साता बन्द हुने भएको छ । मंगलबादेखि आउँदो सोमबार पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी छ ।

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको जनाइएको छ ।

नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने उल्लेख छ ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह