Logo

Banner-news

संसद् विघटनपछि व्यापारीले कृत्रिम मूल्यवृद्धि गरेको वाणिज्यमन्त्रीको आरोप !


GDP Nepal
   १७ पुस २०७७, शुक्रबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पछिल्लो समय केही क्षेत्रमा अचाक्ली मूल्यवृद्धि भएको भन्दै नियन्त्रणका लागि आफू कठोर बन्ने चेतावनी दिएका छन् । मन्त्री भट्टले संसद् विघटनपछिको राजनीतिक संक्रमणको मौका छोपेर व्यापारीले मूल्यवृद्धि गरेको आरोप पनि लगाए ।

ललितपुर उद्योग वाणिज्य संघको ४१ औं साधारणसभाको उदघाटनपछि मन्त्री भट्टले दालचामललगायत खाद्यान्न र स्टिललगायत फलामजन्य वस्तुमा बढी मूल्यवृद्धि भइरहेको गुनासो आफूले सुनेको बताए ।

उनले भने, “हामी व्यवसायी साथीहरुसँग सहकार्य गर्न तयार छौं तर व्यवसायी साथीहरुले पनि मौका छोपेर अनावश्यक मूल्यवृद्धि गर्नुभएन ।”

मन्त्री भट्टले मुलुकमा राजनीतिक अस्थिरताजस्तो देखिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धताका कारण आर्थिक विकासको गति नरोकिने धारणा राखे ।

भट्ट तत्कालीन माओवादी युद्धमा सामेल भए पनि पार्टी विभाजनपछि हाल प्रधानमन्त्री ओलीनिकट भएका छन् ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह