Logo

Banner-news

ललितपुर उवासंघमा जोशी र न्याछ्यों समूहबीच कडा प्रतिस्पर्धा


GDP Nepal
   १७ पुस २०७७, शुक्रबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको शनिबार हुने निर्वाचनमा दुई समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सुरु भएको संघको ४१ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले प्रतिस्पर्धा हुने भएको हो ।

संघको अध्यक्षमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी र महासचिव मनोजबहादुर न्याछ्योंले प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

वरिष्ठ उपाध्यक्ष जोशीले जोशी ट्रेड सेन्टर र महासचिव न्याछ्योंले पाटन खाद्य भण्डारको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् ।

संघमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य र संस्थागत गरी तीन उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदाधिकारी सात तथा १५ सदस्यका लागि निर्वाचन हुनेछ ।

जसमध्ये उद्योग समूहबाट ६, वाणिज्य समूहबाट ७ तथा वस्तुगत र एशोसिएट समूहबाट एक÷एक सदस्य रहनेछन् ।

जोशी समूहबाट वरिष्ठ उपाध्यक्षमा बास टेक्सटाइलका बालकृष्ण श्रेष्ठ, उद्योग उपाध्यक्षमा अमिरराज ताम्राकार, वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, संस्थागत उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशीले उम्मेदवारी दिएका छन् ।

न्याछ्यों प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ७७ स्ट्रीट ल्याम्प इन्टरप्राइजेजका विश्वराज बज्राचार्य, उद्योग उपाध्यक्षमा सुसन महर्जन, वाणिज्य उपाध्यक्षमा नारायणगोपाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा बीरेन्द्रलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा सविनलाल प्रधानले उम्मेदवारी दिएका छन् ।

सदस्यहरुमा जोशी प्यानलबाट उद्योग समूहतर्फ आपुलाल अवाले, कृष्ण श्रेष्ठ, गुणकेशरी ताम्राकार, राजु महर्जन, सजना श्रेष्ठ र सुनिल शाक्यले उम्मेदवारी दिएका छन् । न्याछ्यों प्यानलबाट उद्योग समूहतर्फ मिलन शाक्य, रमेशसिंह महर्जन, राकेशभक्त मुल्मी, रोशनलाल श्रेष्ठ, श्रीजेशलाल शिल्पकार र सुरेन्द्र अवालेले उम्मेदवारी दिएका छन् ।

वाणिज्य समूहतर्फबाट न्याछ्यों प्यानलबाट कृष्णप्रसाद सापकोटा, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, शर्मिला श्रेष्ठ (जोशी), सुजन बज्रचार्य र सुरज महर्जनले उम्मेदवारी दिएका छन् ।

जोशी प्यानलबाट वाणिज्य समूह सदस्यमा अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, बिमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही र सागर महर्जन मैदानमा छन् ।

संस्थागततर्फ कपडा तथा सिलाई व्यवसायी संघका पूर्णबहादुर महर्जन र एशोसिएटबाट अशोका बचत तथा ऋण सहकारीका नविनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह