Logo

कर्पोरेट-बजार

सिद्धार्थ ग्रुपले लियो हेटौंडास्थित तीन तारे सामना होटलको व्यवस्थापन


GDP Nepal
   १८ पुस २०७७, शनिबार


काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले २०२१ को सुरुवात संगै हेटौडामा पनि सेवा बिस्तार गरेको छ । हेटौडामा संचालनमा रहेको होटेल सामनासंग व्यवस्थापकीय साझेदारी गरेर सिद्धार्थ गु्रपले तीन तारे स्तरको होटेल सुरु गरेको हो ।

बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौडामा गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्ने लक्ष्यका साथ सिद्धार्थ गु्रपले सेवा बिस्तार गरेको हो ।

सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर संचालनमा ल्याएको सामना होटेलमा ५८ वटा सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम स्वमिङ पुल लगायतका सुबिधाहरु छन ।

होटेल, रिसोर्ट, रेष्टुरेन्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले पश्चिम नेपालको प्रमुख शहर महेन्द्रनगरदेखि पुर्बको शहर बिर्तामोडमा शाखाहरु संचालन गर्दै आएको छ ।

गु्रपले कैलालीको टिकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बौद्ध , बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा हुँदै पूर्वी नेपालको बिर्तामोड गरी २८ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ गु्रपले आफ्नो शाखा नभएका प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरुसंग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ ।

सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर शाखा बिस्तार गरेको यो तेस्रो शाखा हो । निकट भबिश्य मै कपिलबस्तुको चन्द्रौटामा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको छ ।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने काठमान्डौको बौद्धमा केहि दिन मै चारतारे होटेल संचालनमा ल्याउदै छ । त्यसै गरी भैरहवामा ठुलो लगानीमा पाच तारे होटल निर्माण गरि रहेको छ ।

सिद्धार्थ गु्रपले हेटौडामा सेवा बिस्तार गरे संगै हेटौडाको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुराउने लक्ष्य राखेको सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

हैटौडाको शहिद स्मारक पार्क, मकवानपुरगढी, शालक पार्क , चिसापानी गढी, गुम्बा डाडा, भैरब डाडा भ्यु टावर, चुरे स्थित दक्षिण एशिया कै पहिलो सुरुङ मार्ग र पर्सा राष्ट्रिय निकुन्ज, स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागि आकर्षणका केन्द्रहरु हुन ।
त्यसै गरी हेटौडा धार्मिक पर्यटकहरुका लागि पनि आकर्षक गन्तब्य हो । हेटौडा क्षेत्रमा , वनशखण्डी मन्दिर भुटनदेवि माई मन्दिर, चुरियामाई मन्दिर , पाथीभरा माता मन्दिर त्रिवेणी धाम लगायतका प्रसिद्ध धार्मिक स्थलहरु छन ।

प्रकाशित : १८ पुस २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह