Logo

Banner-news

पोखरा उवासंघमा नारायण कोइराला ४१० मतान्तरले विजयी !


GDP Nepal
   २७ पुस २०७७, सोमबार


काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनमा नारायण कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कोइरालाले प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

विजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे भने उनका प्रतिपस्पर्धी सुवेदीले ९ सय ६५ मत प्राप्त गरिन्। यसैगरी उपाध्यक्ष (वाणिज्यतर्फ) महासचिव अर्जुन पोखरेल विजयी भए । उनले १ हजार २ सय ४४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरे । उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्की विजयी भएका छन् । उनले १ हजार ३ सय २७ मत प्राप्त गरे । उनको प्रतिद्वन्द्वी चिनु कुमारी गुरूङले १ हजार १४ मत प्राप्त गरिन् ।

महासचिवमा सुरेन्द्रमान बिजुक्छेले १ हजार ५ सय १४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी धनिराम बरालले ८ सय २८ मत प्राप्त गरे ।

उप–महासचिव केशवबहादुर खत्रीले १ हजार ३ सय २३ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी धर्मराज बर्तोलाले १ हजार १३ मत प्राप्त गरे । कोषाध्यक्षमा बलराम आचार्यले १ हजार २ सय ६५ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी तारानाथ ढुंगानाले १ हजार ७० मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा सबैभन्दा बढ़ी लोकप्रिय मत शोभा गौतमले १ हज़ार ७ सय प्राप्त गरेकी थिईन ।सदस्य पदमा दिनेश चन्द्र बास्तोलाले १ हजार २ सय ८२, कुमारी मुना बास्तोला १ हजार ६ सय २६, हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी खत्री १ हजार ३ सय २३, सुदन बहादुर कोइराला १ हजार २ सय ७९, देबेन्द्र के सी १ हजार ६ सय ८५, पबित्रा गुरुङ १ हजार २ सय ४१, सुदिप प्रधानाङ्ग १ हजार ४ सय १४ र उत्तम मान बुद्धाचार्य १ हजार ५ सय ९७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह