Logo

Banner-news

बेरोजगार हुनुहुन्छ ? तयार रहनुस्, अब तपाइँको योग्यताअनुसार ‘अन द स्पट’ जागिर


GDP Nepal
   २८ पुस २०७७, मंगलबार


काठमाडौं । तपाइँ आफ्नो योग्यताअनुसार रोजगारीको खोजीमा हुनुहुन्छ भने तपाइँको योग्यताअनुसार अन द स्पट जागिर दिने मेला बिहीबारदेखि राजधानीमा आयोजना हुँदैछ ।

विभिन्न कम्पनीका लागि मानव संशाधनको काम गर्दै आएको संस्था एस्पायर नेपालको आयोजनामा राजधानीको सोल्टी होटलमा सञ्चालन हुन लागेको नेपाल जब फेयर २०२१ मा रोजगारदाताले बेरोजगारहरुको योग्यता र क्षमता हेरी अन द स्पट रोजगारी अफर गर्नेछन् ।

कम्पनीका अनुसार रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा सुरु हुन लागेको हो ।

एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुनेछ ।

आयोजकका अनुसार जब फेयरमा एक सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन् भने १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिनेछ । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ । यस्तै, १० हजारभन्दा बढीको भौतिक तथा भर्चुअल सहभागिता रहने जब फेयरमा १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउनेछन् ।

जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको जनाएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।

जब फेयरको उदघाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तथा कि नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइराला र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रहने जनाइएको छ ।

कार्यक्रममा सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने तथा विभिन्न सेसनमा आफ्नो क्षेत्रमा ख्याती कमाइसकेका पूर्व गर्भनर डा. चिरन्जीवी नेपाल, अशोक सिग्देल, क्या. विजय लामा, प्रकाशदेव पालिखे, तारा पौडेल लगायतले विभिन्न क्षेत्रमा रोजगारीका सम्भावना र जनशक्ति विकासका विषयमा प्रकाश पार्ने जनाइएको छ ।

जब फेयरमा युवा उद्यमशीलतासम्बन्धी प्रतिस्पर्धा, वैदेशिक अध्ययनसम्बन्धी सेमिनार, एभिएसन र हस्पिटालिटी क्षेत्रसम्बन्धी करियर सेमिनारलगायतका गतिविधि सञ्चालन हुनेछन् ।
“नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गर्न लागेका हौं,” एस्पायर जब्सका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारी भन्छन्, “जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ ।”

अधिकारीका अनुसार जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह