Logo

कर्पोरेट-बजार

महासंघ रोजगारदाता परिषद् पूर्ण, सीएनआई र चेम्बर पनि आमन्त्रित सदस्य


GDP Nepal
   ५ माघ २०७७, सोमबार


काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । 

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चुनिएका छन्।

परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू ई. विनोदढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन् ।

त्यसैगरी वस्तुगत संघ समूहबाट परिषद्को सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंहलामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगंज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन् । 

प्रदेश समूहबाट परिषदको सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वागमती प्रदेशबाट महासंघको कार्यकारिणी समितिसदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मी प्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चुनिए ।

अन्य क्षेत्र र वर्ग मध्येबाट परिषद्को सदस्यमा विनय उपाध्याय, शाजन शाक्य, शोभा ज्ञवाली, वावुकाजी कार्की चुनिएको जनाइएको छ ।

परिषद्को आमन्त्रित सदस्यहरूमा  क्रमशः प्रतिनिधिहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका ई. आङ दोर्जी लामा(ए.डी.), एनसेल नेपाल प्रा.लि.का रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह रहेको जनाइएको छ ।

प्रकाशित : ५ माघ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह