Logo

Banner-news

डब्लूएचओबाट फिर्ता हुने निर्णय बाइडेनले उल्ट्याए, ट्रम्पका अधिकांश नीति खारेज


GDP Nepal
   ८ माघ २०७७, बिहिबार


अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडनले सपथग्रहण लगत्तै डब्लूएचओबाट फिर्ता हुने डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याएका छन् । बाइडेनले यससँगै, ट्रम्पका अधिकांश आलोचित नीतिहरु पनि खारेज गरेका छन् ।

कार्यकालको पहिलो दिन नै उनले ट्रम्पका गल्ती सच्याउने संकेत गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशले यसको संकेत गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिएसँगै भाइरस विज्ञ डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने जनाइएको छ ।

कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने तथा सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने बाइडेनको नयाँ नीतिमा उल्लेख छ ।

आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने पनि बाइडेनको नीतिमा जनाइएको छ ।

वातावरणसम्बन्धी सम्बन्धित विषय पनि उल्ट्याइएको छ । जसअनुसार सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने छ भने विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिएको छ ।

आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन् । जसमा ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।

यस्तै, मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गरिएको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह