Logo

बिजनेस होम

भन्सार दिवस मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा इकोन विजयी


GDP Nepal
   ११ माघ २०७७, आइतबार


काठमाडौं । ६९ औं भन्सार दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा नेपाल निर्यात परिषद् (इकोन) विजयी भएको छ ।

नेपाल भन्सार एजेन्ट संघ, नेपाल निर्यात परिषद्, नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन तथा नेपाल कुरियर सेवा संघले आयोजना गरेको प्रतियोगितामा इकोन विजयी भएको हो ।

प्रतियोगितामा नेपाल प्रहरीको टीम उपविजेता बनेको छ भने नेपाल कुरियर सेवा संघको टीमले तेस्रो पुरस्कार प्राप्त गरेको छ ।

निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीका अनुसार भन्सार सेवामा कार्यरत कर्मचारी तथा व्यावसायिक संगठनका प्रतिनिधिबीच सहकार्य र मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि बर्सेनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिन्छ ।

६९ औं भन्सार दिवस सरकारसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संघ संस्थाले विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन् ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह