Logo

Banner-news

महासंघ पर्यटन समिति पूर्णः देवांश राणा र गौरव अग्रवालको इन्ट्री !


GDP Nepal
   १६ माघ २०७७, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ ।

समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।

समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारी अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद), ¥याडिशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर रहेका छन् ।

समितिका सल्लाहकारहरुमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रामशरण थपलिया रहेका छन् ।

महासंघ पर्यटन समितिको आमन्त्रित सदस्यमा दुई युवा व्यवसायी समेटिएका छन् । मेरियट होटलका निर्देशक गौरव अग्रवाल र होटल स्नेहाका महाप्रवन्धक देवांश राणा आमन्त्रित सदस्यका रुपमा महासंघ भित्रिएका छन् ।

राणा महासंघ निवर्तमान अध्यक्ष भवानी राणा तथा होटल संघ नेपालका कार्यकारिणी सदस्य असितशमशेर राणाका छोरा हुन् भने अग्रवाल उद्योगी शशीकान्त अग्रवालका छोरा हुन् ।

अन्य आमन्त्रित सदस्यहरुमा कतार एयर लाइन्सका देशीय निर्देशक मोहमद, यति एयरलाइन्सका प्रमुख कार्यकारि अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झाँक्री, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेल रहेका छन् ।

ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, वुद्ध रिजेन्सी प्रा.लि.का प्रवन्ध निर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएनका उपाध्यक्ष दूर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ पनि आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सकेमा नेपालले निकै धेरै लाभ उठाउन सक्ने बताए । “हामीले प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्रयाउने भन्दा पनि संख्यात्मक रुपमा धेरै पर्यटक भित्रयाउन ध्यान दिंदा यसबाट लाभ उठाउन नसकेको यथार्थता हृदयंगम गर्दै अवको ध्यान सशक्त बजारीकरणकासाथ गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ हुनुपर्छ र यसमा महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ,” उनले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनरजीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने भन्दै त्यसमा आफूबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महासंघका सवै सदस्यहरुलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजहरुले ल्याउनु पर्ने सुझाव दिए ।

समिति सभापति ज्योत्सना श्रेष्ठको अध्यक्षतामा वसेको समितिको पहिलो बैठकले समितिको कामलाई परिणाममुखी बनाउन विमानस्थलहरुको सही व्यवस्थापन तथा संचालन, प्रदेशमा पर्यटन विकास, तालिम तथा शिकाई र गन्तव्य नेपाल प्रवद्र्धन तथा बजारीकरण क्षेत्रहरु छुट्टयाई उपसमिति गठन गरी कार्य गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह