Logo

Banner-news

परिसंघबाटै अब सवै उत्पत्तिको प्रमाणपत्र, महासंघको ठूलो स्रोत गुम्यो !


GDP Nepal
   २३ माघ २०७७, शुक्रबार


काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।

यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।

यसअघि निजी क्षेत्रका तर्पmबाट नेपाल उद्योग वाणिज्य महासंघलाई मात्र भारततर्फ निकासीमा उत्पत्तिको प्रमाणपत्र जरी गर्ने अधिकार थियो । परिसंघले यो अधिकार पाएसँगै महासंघको आम्दानीको ठूलो हिस्सा गुमेको छ ।

परिसंघले सधै स्वदेशीउत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको विज्ञप्तिमा जनाएको छ ।

सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेको भन्दै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने परिसंघले जनाएको छ ।

सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझबढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएकोछ । यसभन्दा पहिले परिसंघले तेस्रो मूलुकमामात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह